संसदमा ३५ मिनेटसम्म विपक्षीको नाराबाजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 12:05:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिपक्षी दलको नारावाजीपछि सोमबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ  । बैठक सुरु हुना साथ सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले उठेर विरोध जनाएका थिए । 

सभामुख कृष्ण बहादुर महराले शुन्य समय अगाडी बढाउन खोजेपछि उनीहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका हुन। सभामुख महराले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरु बस्न मानेनन् । यस अघि रोस्टम घेराउ हुँदा केहि समयमा नै बैठक स्थगित गर्ने गरेका महराले आज भने ३५ मिनेटसम्म विपक्षीलाई उभ्याए ।  ३५ मिनेटको नाराबाजीपछि सभामुख महराले बुधबारसम्मको लागि बैठक स्थगित गरेका छन् 

विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved