‘अन्तराष्ट्रिय अदालतमा लगे संसारकै हिरो हुन्थे’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 01:01:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेदरल्याण्डको हेगमा रहेको अन्तराष्ट्रिय अपराध अदालतमा पुर्याए  आफू विश्वको हिरो बन्ने दाबी गरेका छन् । खुमलटारस्थित निवासमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेर नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै  प्रचण्डले हेग लगे संसारभरका मानिसले एकसाथ चिन्ने र हिरो भएर निस्कने दाबी गरे । 

‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने व्यक्तिलाई बदनाम गर्ने र सिध्याउने खेल हुँदैछ’ प्रचण्डले भने,‘एक जनाले त मलाई १३ हजार मानिस मारेको भनेर हेगमा उभ्याउने र जेल हाल्ने कुरा गर्नुभयो । मेरा लागि त्यो गर्वको कुरा हुन्थ्यो । किनकी विश्वभरका मानिसले एकै साथ चिन्थे। यो त शान्तिको पक्षमा रैछ, न्यायको पक्षमा रैछ भन्थे। म विश्वभर हिरो हुन्थें ।’

तर कसैले पनि आफूलाई हेग लैजान्छन् भन्नेमा विश्वास नभएको प्रचण्डको भनाई छ । ‘मलाई लाग्दैन यिनीहरूले मलाई हेग लैजान्छन्,’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved