नेकपामा स्कुल विभागको विवाद कायमै, सचिवालय बैठक निष्कर्ष बिहिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 03:21:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रियामा ढुंगा लागेको छ । पार्टी भित्रको विभागमा कसले नेतृत्व लिने भन्ने विषयमा विवाद कायमै भएपछि सोमबार बसेको सचिवालयले पनि कुनै टुंगो लगाउन सकेन । 

अन्य विभागमा खासै विवाद नभए पनि कार्यकर्ता प्रशिक्षणसँग जोडिएको स्कुल विभागको नेतृत्वबारे पूर्वएमाले र पूर्वमाओवादीबीचको विवाद सहतमै आएको छ । उक्त विभागको नेतृत्वका लागि सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले मुख्य दाबी गरेपनि घनश्याम भुसाल र बेदुराम भुसालले समेत आकांक्षा देखाएका छन् । 

सोमबार बसेको सचिवालय बैठकले पार्टी एकताका बाँकी काम सक्न केन्द्रीय निकाय, सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय कमिटीमा रहेका सबैको कार्यविभाजन गर्न कसको कुन विभाग र निकायमा रुची छ भन्ने विषयमा बुझेर मात्रै निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले रुची र प्राथमिकताका बारेमा सम्बन्धित व्यक्तिलाई पनि सोधेर निर्णय लिइने जानकारी दिए । उनले अहिलेसम्म कुनै पनि विभागको टुंगो नलागेको बताएका छन् । बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ । यो बीचमा थप गृहकार्य गरिने श्रेष्ठले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved