डेजाभु क्लबका अध्यक्ष पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 10:00:57 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा फरार रहेका श्रेष्ठलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । उनी विरुद्ध प्रहरीले गत माघ १५ गते डिफ्युजन नोटिस जारी गरेको थियो । 

श्रेष्ठ हङकङबाट नेपाल आउदै थिए । काठमाडौंको दरबारमार्गस्थित डेजाभु लाउन्ज कम्पनी मर्मत गर्न बिश्वराम श्रेष्ठबाट २ करोड रुपैयाँ लिएको र फिर्ता गर्दा कम्पनीको नाममा रहेको २ करोडको चेक दिएका थिए ।

उक्त खातामा रकम नभएपछि विश्वरामले महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते जाहेरी दर्ता दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved