विज्ञापन बोर्डको संरचनामा सरकारी प्रस्ताव संसदीय समितिले मानेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 04:37:22 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको विकास तथा प्रविधि समितिमा विज्ञापनसम्बन्धी विधेयकमा ७ सदस्यीय विज्ञापन बोर्ड बनाउने सहमति भएको छ । सरकारले ९ सदस्यीय बोर्डको प्रस्ताव गरेपनि समितिले गृह र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि राख्न उपयुक्त नभएको निश्कर्ष निकालेको हो ।

समितिमा भएको सहमतिअनुसार विज्ञापन बोर्डमा एक जना अध्यक्ष र ६ जना सदस्य रहनेछन् । अध्यक्ष सरकारले नियुक्त गर्नेछ भने सदस्यहरुमा सञ्चार मन्त्रालयका एक जना सहसचिव, विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संस्थामध्येबाट सञ्चार मन्त्रालयले मनोनयन गर्ने एक जना, आमसञ्चार क्षेत्रमा दश बर्षको अनुभव भएका व्यक्तिमध्येबाट मन्त्रालयले मनोनयन गर्ने एक जना महिलासहित ३ जना रहनेछन् । त्यस्तै सदस्य सचिव भने बोर्डका वरिष्ठतम कर्मचारी रहनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved