हामीले ५७ दिन संसद चल्न नदिएर गरेको गल्ती काङ्ग्रेसले नगरोस्ः नेम्वाङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 11:20:53 AM मा प्रकाशित

laxmi  sunrise bank

संविधान सभाका सभामुख सुवास चन्द्र नेम्वाङले संसदमा नेपाली काङ्ग्रेस सहितका प्रतिपक्षी दलको अवरोध नियमविपरित रहेको बताएका छन् । २०५८ सालमा आफूहरुले ५७ दिनसम्म संसद अवरुद्ध गरेको स्मरण गर्दै उनले भने, ‘हामीले २०५८ सालमा ५७ दिन अवरोध गरेका थियौँ । त्यो बेठीक र नियमविपरित थियो, अहिले पनि कांग्रेसले संसदीय प्रणाली विपरित माग राख्नै अवरोध गरिरहेको छ । फेरि अर्को गल्ती कसैले नगरौँ ।’ 

आफूहरुले संसद अवरोध गर्दा काङ्ग्रेसले कम्युनिष्टको विश्वास छैन भनेको स्मरण गर्दै उनले ‘उहाँहरुले भनेको सम्झिरहेको छु, अर्को पटक पनि सरकारमा आउने होला भनेको सम्झिरहेको छु ।’ 

‘राज्य व्यवस्था समितिले टुंगो लगाईसकेको सर्लाही घटनालाई लिएर संसदमा चर्काचर्की गर्नु गलत भएको उनको टिप्पणी छ । ‘तल सबै दलहरुले सहमतिमा टुंग्याएको विषयलाई फेरि उचालेर संसदीय समिति गठनको नारा दिनु कति जायज हो ?’ नेम्वाङले प्रश्न गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved