पर्यटन मन्त्री बनेका योगेश भट्टराई को हुन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 02:04:10 PM मा प्रकाशित

laxmi  sunrise bank

२०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व. भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट जन्मिएका योगेश भट्टराई बुधबार मन्त्री बनेका छन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका उनी पटक पटक जेल जीवन समेत विताउन बाध्य भए । 

२०४० सालमा पञ्चायत विरोधी आन्दोलनका क्रममा उनी केन्द्रीय कारागारमा पहिलो पटक जेल परे । २०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापतिमा निर्वाचित भएका भट्टराई २०४३ सालमा सोही क्याम्पसको सभापति पदमा निर्वाचित भए । २०४६ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएका भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए ।

२०६२/०६३ को जनआन्दोलनमा तत्कालिन नेकपा एमाले काठमाडौं उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न तत्कालीन एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । एमालेको नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका भट्टराई पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाट पराजित भएका थिए । 

युवा र विद्यार्थीमाझ निकै लोकप्रिय भट्टराई संविधान जारी पश्चात भएको निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । भट्टराईले २९ हजार ४७९ मत ल्याएर विजयी भएका थिए । निर्वाचनकै समयमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले योगेशलाई ताप्लेजुङका जनताले जिताएर पठाए मन्त्री बनाउने उद्घोष गरेका थिए । तर मन्त्रीमण्डल गठनमा भट्टराई नपरेपछि ओलीको आलोचना भएको थियो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले पाएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved