रवीन्द्र अधिकारीलाई सम्झिदै मन्त्री भट्टराईले भने, ‘म उहाँको उत्तराधिकारी हुँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 03:54:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कार्यभार सम्हालेका छन् । बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गरेलगत्तै उनले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका हुन् । 

कार्यकक्षमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टराईले ‘म काम लगाउन आएको होइन, सिक्न आएको हुँ’ भने । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिदै मन्त्री भट्टराईले अधिकारीले गर्न नभ्याएका काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

‘घनिष्ट मित्र गुमायौँ । म सम्झन चाहन्छु । लामो समय बिताइयो, सुख दुःखमा सँगै हिँडेका थियौँ, उहाँले राम्रोसँग यो मन्त्रालय सम्हाल्नुहुन्थ्यो, तर घटनालाई जित्न सकेनौँ’अधिकारीको स्मरण गर्दै मन्त्री भट्टराईले भने, ‘आज उहाँको कुर्सीमा छु, म उत्तराधिकारी जस्तो भएर आएको छु, यसोभन्दा मलाई अफसोच छैन । म रवीन्द्र अधिकारीको उत्तराधिकारी भएको छु ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved