एफएनसीसीआई बैठकमा चर्काचर्की, चण्डीराज ढकालले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 09:44:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईमा विधान संशोधनको विषयलाई लिएर विवाद बढेको छ । विधान संशोधन कै लागि विशेष साधारणसभाको मिति घोषणा गराउन लागि परेका चण्डीराज ढकालले विधान समिति संयोजकबाट राजीनामा दिएका छन्।

आफ्नो प्रस्ताव फेल भएपछि ढकालले राजिनामा दिएका हुन् । बैठकमा तत्काल नै विशेष साधारणसभा आह्वान गर्नको प्रस्ताव पेश भएको थियो। तर महासंघका निर्वतमान अध्यक्ष पशुपति मुराररकाले हतारमा त्यसो गर्न नसकिने भन्दै विरोध गरेका थिए । बैठकमा मुरारकाले विधान संशोधनजस्तो गम्भिर र संवेदनशील विषयमा  हेलचक्रयाईँ नगरी विधि सम्मत रुपमा प्रस्ताव ल्याउनु पर्ने अडान लिएका थिए ।मुरारकाले विधान मै रहेको ब्यबस्था देखाउदै तत्काल मिति घोषणा गर्न नहुने बताएका हुन  ।

मुरारकाले महासंघ बिधानको दफा ६६ को उपदफा १(क) र १(ख) मा विधान संसोधनको प्रस्ताव साधारण सभामा पेश गर्नु अगावै कार्यकारीणी समितिबाट प्रस्तुत हुने संसोधनको प्रस्ताव रायसहित साधारण सभा सुरु हुनुभन्दा ३ महिना अगाडि सदस्यहरु बीच प्रस्तुत गर्नु पर्ने बैठकमा उल्लेख गरेका थिए । त्यस्तै उनले उपदफा १(ख) मा संसोधन प्रस्ताव ४ महिना अगावै कार्यकारीणी समितिमा छलफलमा ल्याउनु पर्ने उल्लेख रहेको यो २ प्रर्कियाबाट मात्र संशोधन सम्भव रहेको बताएका थिए ।

अध्यक्ष भवानी राणाले पनि विधान अनुसार नै हुनु पर्ने बताएपछि ढकाल एक्लिएका थिए । बैठकमा ढकाल र मुरारका बीच चर्काचर्की परेको बैठकमा सहभागीहरुले बताएका छन् । 

  बैठकले आफ्नो एजेण्डा अस्वीकार गरेपछि ढकालले विधान समितिको संयोजक पदबाट लिखित राजिनामा दिएका हुन् । ढकालले  महासंघको अध्यक्षमा निर्वाचन र पदावधि दुई वर्ष बनाउने गरि विधान संशोधन गर्न चाहेका थिए । 

विधान समिति संयोजकबाट राजिनामा दिएका ढकाल महासंघमा विशिष्ट सदस्यको हैसियतमा  छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved