कर सम्बन्धि प्रावधान विरुद्ध व्यवसायीद्धारा हड्तालको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 11:19:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले सरकारले ल्याएको कर सम्बन्धि व्यवस्थामा लचिलो नबने देशब्यापी हड्ताल गर्ने चेतावनी दिएको छ । सरकारले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको उक्त प्रावधान लागू गर्ने सम्बन्धमा सरकार थप लचिलो भएर प्रस्तुत नभए देशब्यापी हड्ताल गर्ने चेतावनी दिएको हो । 

बुधबार बसेको महासंघको बैठकमा सरकार विरुद्ध हड्ताल गर्नुपर्ने सुझाव आएपछि महासंघले पनि सोही मनस्थिती बनाएको हो । 

ढुवानी व्यवसायमा भ्याट, पारिश्रमिकका लागि अनिवार्य प्यान र भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम कार्यान्वयन गर्न गृहकार्य नपुगेको निष्कर्ष महासंघको छ । तत्काल यी प्रावधान कार्यान्वयन गर्दा आउने जटिलताको अध्ययन गर्न गठित कार्यदलको बैठकमा सरकारी प्रतिनिधी र निजी क्षेत्रले आफ्ना अडान छाडेका छैनन् ।

महासंघले पारिश्रमिकमा प्यान अनिवार्य गर्दा १० हजारभन्दा माथि हुनुपर्ने, उद्योग र भन्सार परिसरबाट निस्किएका मालवस्तुमा मात्र भीसीटीएस लागु गर्नुपर्ने, खरिद बिलमा १० हजारभन्दा माथिको भए मात्र प्यान बिल अनिवार्य हुनुपर्ने अडान राख्ने भएको छ । 

सरकारी र नीजि क्षेत्रको प्रतिनिधित्व सम्मिलित कार्यदलको बैठक मंगलबार बस्दैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved