ऋणको ब्याज घट्ने सम्भावना छैन : उपाध्यक्ष गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 01:17:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले बैंकको ब्याजदर घट्ने सम्भावना नरहेको बताएका छन् । बिहीबार राजधानीमा आयाेजित मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा छलफल कार्यक्रममा बाेल्दै उनले ब्याजदर घट्ने सम्भावना नरहेको बताएका हुन् ।

उपाध्यक्ष गाेल्छाले राष्ट्र बैंकले माैद्रिक नीति मार्फत वाणिज्य बैंकहरूले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नै पर्ने बाध्यकारी ब्यवस्था गरेकोर यो ब्यवस्थाले पनि ब्याजदर घटाउन नसक्ने बताए । उनलेे भने, 'अनिवार्य डेबेन्चर जारी गर्न भनिएको छ, अहिले पनि डेबेञ्चरको ब्याजदर १० प्रतिशत भन्दा बढी छ, यसकारण पनि ऋणको ब्याज घट्ने सम्भावना देखिदैन ।'

वरिष्ठ उपाध्यक्ष गाेल्छाले स्प्रेड रेट पनि महंगो भएको बताए । उनले भने, 'विश्वकाे तुलनामा स्रप्रेड महंगो छ, माैद्रिक नीतिले ०.१ प्रतिशत मात्रै घटायाे, याे धेरै कम हो ।' चालु आर्थिक वर्ष २०७६/७७ को माैद्रिक नीतिले ब्याजदर घटाउने र लगानी याेग्य रकमको अभाव समस्या समाधान गर्छ भन्ने निजी क्षेत्रको अपेक्षा भए पनि त्याे पूरा नभएको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved