ट्याक्सी चालकले फिर्ता गरे यात्रुले छाडेको साढे २ लाख

रासस

रासस

Aug 01, 2019 | 02:47:16 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा एक ट्याक्सी चालकले यात्रुको २ लाख ५० हजार रकम फीर्ता गरेका छन् । बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको ट्याक्सीमा छोडिएको रकम फिर्ता गरेका हुन् । 

सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा खड्काले ट्याक्सीमा रकम छोडेका थिए । आफ्नो ट्याक्सीमा चढेको यात्रुले रकम छोडेको थाहा पाएपछि चालक आफैं पैसा फिर्ता गर्न ट्राफिक प्रहरी महाशाखा गएका थिए ।

चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले खड्कालाई हस्तान्तरण गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved