मंसिरमा उप–निर्वाचन गर्न राजनीतिक दलको आयोगलाई सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 03:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

जनप्रतिनिधि विहिन स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा सदस्यको पदमा उपनिर्वाचन गर्ने सम्बन्धमा निर्वाचन आयोगले राजनीतिक दलसँग छलपल गरेको छ । छलपलमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौजुदा कानूनमा भएको उपनिर्वाचन सम्बन्धी व्यवस्था र आयोगले हाल गर्दै गरेको तयारीका सम्बन्धमा जानकारी गराएका छन् । 

छलफलमा सहभागि राजनीतिक दलका प्रतिनिधिले आगामी मंसिरमा उपनिर्वाचन गर्दा उपयुक्त हुने रसाथै सबै रिक्त स्थानको निर्वाचन एकैचोटी गर्नुपर्ने सुझाव दिएको आयोगले जनाएको छ । निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग र विदेशमा बस्ने नेपाली नागरिकको मताधिकारका सम्बन्धमा पनि छलफल भएको छ । 

प्रतिनिधि÷प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दलका प्रतिनिधि छलपलमा सहभागी भएको आयोगका प्रवत्ता एवम् सहसचिव शंकर प्रसाद खरेलले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved