प्रदेश नम्बर २ द्धारा केन्द्र सरकार विरुद्ध मुद्दा दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 04:43:14 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधानमा उल्लेख भएअनुसार पाउनु पर्ने अधिकार केन्द्र सरकारले नदिएको भन्दै प्रदेश नम्बर २ सरकारले संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । 

संविधानले राष्ट्रिय वनको संरक्षण र ब्यवस्थापनको अधिकार प्रदेशको भएपनि राष्ट्रिय वनको रूपमा रहेकोे सागरनाथ वन विकास परियोजनालाई केन्द्रीय सरकारले कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहत राख्न खाजेको भन्दै प्रदेशको वन मन्त्रालयले मुद्धा दायर गरेको हो । 

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले ‘प्रदेशभित्रको वनलाई कम्पनीमा रुपान्तरण गरी संघीय सरकारले आफ्नो मातहत ल्याउन खोजेकाले रिट दायर गरिएको हो’ भने । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा उत्प्रेषण, प्रतिषेध र परमादेश समेत माग गरिएको छ । मुद्दामा प्रदेशका मुख्य न्यायाधिवक्ता झाले भोली बहस गर्ने छन् । 

प्रदेशले संघिय सरकारको विरुद्ध मुद्दा दायर गरेको यो पहिलो घटना हो । यद्यपी देश संघियतामा गएको १९ महिना मात्रै भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved