टिपरबाट घुस खाने ५ प्रहरी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 02:43:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्चीबाट बालुवा बोकेर काठमाडौं आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरी पक्रउा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । 

काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरीलाई टिपरसँग घुसबापत २÷२ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ गरिएको हो । 

हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे र बनेपा ट्राफिक पोस्टमा कार्यरत हरिचन्द्र बानियाँ र प्रहरी हवल्दार रामहरि मानन्धर पक्राउ परेका अख्तियारले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved