३८ क्विन्टल सुन प्रकरणः कोही रिहा, कोही थुनामै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 03:30:02 PM मा प्रकाशित

laxmi  sunrise bank

३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चले महावीर प्रसाद गोल्यानलाई भने धरौटीमा रिहा गर्न भनेको छ । गोल्यान र डीएसपी सञ्जय राउत सहित सुनकाण्डका अभियुक्तहरू भुजुङ गुरुङ, लाक्पा शेर्पा, अममान डंगोल, तुलाराम थारूले उच्च अदालत विराटनगरको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

जिल्ला अदालत मोरङले अभियुक्तहरूलाई थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन दिएको आदेशविरुद्ध उनीहरू उच्च अदालत पुगेका थिए । उच्च अदालत विराटनगरले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । त्यसमा पनि चित्त नबुझेको भन्दै मुद्दा मुद्दा सर्वोच्चमा आइपुग्यो । 

सर्वोच्चमा सुन काण्ड सम्बन्धि ३१ वटा छुट्टाछुट्टै रिटमा एकसाथ सुनुवाइ हुँदै आएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले उच्च अदालत विराटनगरकै आदेशलाई सदर गरिदिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved