रसुवाको पानी काठमाण्डौमा, ४ महिनापछि कतार निर्यातको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 04:27:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पानी विदेश निर्यात गर्ने उदेश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले उत्पादन थालेको छ ।  कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्पृङ पानीको उत्पादन सुरु गरेको हो । खानेपानी मन्त्री बिना मगरले शुक्रबार रसुवा ब्रान्डको पानीको सुरुवात गरेकी हुन । 

पानी उद्घाटन गर्दै मन्त्री मगरले विश्व बजारमा नेपाली पानी नम्बर १ भएर निस्कनु पर्ने र यसले एकछत्र राज गर्नु पर्ने बताईन । नेपालमा समुन्द्रको पानी महंगी मूल्यमा बिक्ने गरेको बताउदै प्राकृतिक रुपमा नै पिउन योग्य रहेको नेपाली पानीले विश्वभर बजार विस्तार गर्नु पर्ने बताईन ।   

 मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताईन  । उनले हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरिन ।  "हाम्रो पानी प्राकृतिक रूपमा खान योग्य छ । अरु देशको भन्दा स्वच्छ र सफा छ' उनले भनिन , "अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौं । यसको लागि नेपाल सरकार सहयोग गर्न तयार छ ।" 

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा न ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारी जानकारी दिए । अध्यक्ष भण्डारीले जर्मन प्रविधि र चीन, भारत, र जापानमा बनेका अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटिक रुपबाट पानीको उत्पादन कार्य भैरहेको बताए । कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ । नेपाली बजारमा तुरुन्त र देश बाहिर खाडी मुलुकहरूमा आउदो डिसेम्बर सम्ममा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा ब्यापार घाटा निकै बढिरहेको बेला पानी मात्र निर्यात गर्न सक्यौं भने देशलाई फाइदा पुग्ने बताए । उनले नेपालको पानी सिङगापुर, दुबई, कतार, अमेरिका र युरोपमा निर्यात गर्न सकिए भने त्योभन्दा राम्रो देशको लागि अरु केही नहुने धारणा राखे । उनले देश जाँदा पनि नेपाली पानी पिउन पाईयोस भन्ने कामना व्यक्त गर्दै पानीले मात्र देशमा सम्बृद्धि ल्याउन सक्ने बताए । 

कम्पनीले वरिष्ठ कलाकार हरिवश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved