आयोगले तोक्यो उप–निर्वाचनको मिति, कहाँ कहाँ हुदैछ चुनाव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 07:49:21 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले रिक्त स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको क्षेत्रमा उप–निर्वाचनको मिति तोकेको छ । आयोगले गत साउन १६ गतेको छलफलपछि उपमहानगर पािलका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष र प्रदेश तथा प्रतिनिधि सभा सदस्यको रिक्त स्थानमा मंसिर १४ गते शनिबार चुनाव गर्नेगरि उप निर्वाचनको मिति तोकेको हो । 

आयोगका प्रवक्ता एवम् सहसचिव शंकरप्रसाद खरेलले ३७ जिल्लामा उप–निर्वाचन हुने जानकारी दिए । उनका अनुसार उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरि कुल ५० पदमा निर्वाचन हुँनेछ । खरेलले आयोगले निर्वाचनको कामलाई तीव्रता दिएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved