रामेछापमा रक्सी खान ‘जड्याहा कार्ड’ अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 11:09:58 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको सुनापति गाउँपालिकामा मादक पदार्थ सेवन गर्न ‘परिचय पत्र’ अनिवार्य गरिने भएको छ । गाउँपालिकाभित्र बसोवास गर्ने नागरिकले सेवन गर्न र व्यापारीले बेच्न अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष धावा लामाका अनुसार मादकपदार्थ सेवनबाट हुने आपराधिक गतिविधि कम गर्न यो विकल्प प्रयोग गर्न लागिएको हो । गाउँपालिका भित्रका नागरिकले मादक पदार्थ सेवन गर्न चाहे र कसैले विक्रि गर्न चाहे गाउँपालिकामा निवेदन दिएर अनुमति पत्र लिन सक्नेछन् । 

लाइसेन्स वितरणको काम सकिएपछि नियम विपरित मादक पदार्थ सेवन गर्ने, विक्रि गर्नेलाई पहिलो पटक १ सय रुपैयाँ जरिवाना गर्ने त्यसपछि पटक पटक गल्ती दोहोर्याए यो जरिवाना शुल्क बढदै जानेछ । गाउँपालिका अहिले यो सम्बन्धमा कानुन निर्माणमा छुटेको छ । गाउँपालिकाले यो नियम चालु आर्थिक वर्षबाटै लागु गर्ने योजना बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved