चेम्बर अफ कमर्सले स्नातक तह पढ्ने छात्रालाई छात्रवृत्ति दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 11:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक एक जना छात्रालाई स्नातक तह अध्ययनको छात्र वृत्तिको लागि आवेदन आह्वान गरेको छ । आर्थिक अवस्था कमजोर भई उच्च शिक्षाबाट बञ्चितभएका छात्रालाई निशुल्क पढ्ने वातावरण प्रदान गर्ने उदेश्यले चेम्बरले छात्रवृत्ति आह्वान गरेको हो । 

छात्रवृत्ति पाउने विद्यार्थीले ए.पि.यु.सँग आबद्ध एल.बि.इ.एफ.(लर्डबुद्ध) क्याम्पस मैतिदेबिमा ४ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाउने छन् । +२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिन पाउनेछन् । छात्रवृत्तिमा परेका विद्यार्थीले ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति पाउने छन् । छाात्रवृत्तिको फराम अनलाईनबाट पनि भर्न सकिने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved