पूर्वाधार सम्मेलनमा छिटो विकास गर्ने देशका लगानीकर्ता भित्र्याइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 02:26:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्याेग परिसंघले नेपाल पूर्वाधार सम्मलेन ( इन्फ्रास्ट्रकचर सम्मिट)  गर्ने भएको छ । आगामी सेप्टेम्बर ११ र १२ मा राजधानीमा हुने उक्त सम्मलेनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

नेपाल सरकारले गरेकाे लगानी सम्मेलनकाे फलाेअपकाे रूपमा सम्लेनकाे अयाेजना गन लागिएकाे परिसंका अध्यक्ष सतिश कुमार माेरले जानकारी दिए । सरकारले सन् २०२० सम्म दिगाे विकासकाे लक्ष्य लिएकाे र ति लक्ष्य कसरि हाँसिल गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित हुने अध्यक्ष माेरकाे भनाई छ ।

सम्मेलनमा अन्य छिमेकी मुलुकमा भएकाे पूर्वाधार विकासकाे बारेमा पनि छलफल हुने अध्यक्ष मोरले बताए । 

सम्मलेनमा छाेटाे समयमा उत्कृष्ट पूर्वाधार विकास गरेकाे साउथ काेरियाका पुर्व प्रधानमन्त्री डाक्टर हान सुंग सो, एशियालि विकास बैकका उपाध्यक्ष, विश्व बैकका अधिकारी, युरोपियन युनियन, डब्लु डब्लु एफ र भारितय वरिष्ठ मन्त्रीहरुकाे पनि सहभागी रहने छ । सम्मलेनमा स्वदेशी र विदेशी गरी ५ सय बढी लगानीकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालमा पूर्वाधारको क्षेत्रमा कस्ताे समस्या छ र कसरी पूर्वाधारकाे विकास गर्न सकिन्छ भनेर सरकारलाई बाटाे देखाउन सम्मेलनकाे आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष माेरले बताए ।

परिसंघ गर्न लागेको यो सम्मलेन तेस्रो संस्करण हो ।यसअघि सन् २०१४ मा पहिलो पटक र सन् २०१७ मा दोस्रो सम्मेलन भएको थियो ।  सन् २०१४ मा भएको सम्मेलनमा भारतका तत्कालिन भौतिक पूर्वाधार मन्त्री नितिन गड्करी र २०१७ मा भएको सम्मेलनमा तत्कालनि भारतिय मन्त्री  सुरेश प्रभुको सहभागिता रहेको अध्यक्ष मोरले बताए । 

दिगो विकासको लागि मजबुत पुर्वाधार नारा दिइएइको सम्मेलनमा नेपाल सरकार, लगानी बोर्ड र नेपाली युवा निमार्ण व्यवसायी समुदाय लगायतको सहकार्य रहने आयोजकले जनाएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved