प्रधानमन्त्रीको उपचार खर्च सरकारले नव्यहोर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2019 | 03:10:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिंगापुरमा उपचारका लागि गएका प्रधानमन्त्रीको उपचार खर्च आफैँले व्यहोर्ने भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गएकाहरूको प्लेन भाडा खर्च मात्रै सरकारले व्यहोर्ने बताए ।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ जना गएका छन् । 

सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्रीको आइतबारदेखि स्वास्थ्य परीक्षण सुरू भएको छ । उनी एक हप्तासम्मै हस्पिटलमै आराम गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved