मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बग्यो, सतर्क रहन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 06:57:17 AM मा प्रकाशित

laxmi  sunrise bank

अविरल वर्षापछि बाग्लुंङको बडिगाड खोलामा आएको बाढीको कारण तुरतुरे ताल फुटेको छ । ताल फुटेर पानीको सतह घट्न थालेको छ । 

बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बाढी आउँदा गएराति ताल फुटेर बिस्तारै पानि बग्न थालेको बिजपाटीलाई बताए ।  उनले भने ' ताल एकै पटक फुटेको होइन, फुटेर बिस्तारै फुटेर पानि बग्दै छ, अहिले पानीको सतह ५० प्रतिशत घटीसकको छ ।' उनका अनुसार ताल एकै पटक फुटेको भए ठुलो धनजनको क्षति हुन् सक्थ्यो , तर बिस्तारै फुटेकोले ठुलो क्षति टरेको छ । 

तालको सतह घट्दै गएको र खोलामा पानि बढ्दै गएकोले तटिय क्षेत्रका स्थानीयलाई सचेत हुन आग्रह गरिएको उनले जानकारी दिए। ताल फुट्दा २ सय मिटर  मध्यपहाडी लोकमार्गको सडक बगाएको र यातायात पूर्ण प्रभावित भएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए  ।

बडीगाड गाउँपालिका–९ र ढोरपाटन नगरपालिकाको सीमा क्षेत्रमा अघिल्लो वर्ष पहिरो जाँदा खोला थुनिएर झण्डै डेढ किलोमिटर क्षेत्रमा ताल बनेको थियो। सोहि ताल अहिले फुटेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved