सिमेन्टको आयु कति हुन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 05, 2019 | 01:11:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सामान्यतय भौतिक संरचना निर्माणको क्रममा ध्यान पुर्याइएन भने त्यो संरचना कमजोर हुन्छ । फलस्वरुप चाँडै भत्किने वा ढल्ने गर्छ । नेपाल नापतौल तथा गुणस्तर विभागले सिमेन्ट खरिद गर्दा कहाँ, कस्तो संरचना निर्माणमा प्रयोग गर्ने हो, सो अनुसार सिमेन्ट खरिद गर्नुपर्ने जनाएको छ ।

ढलान गर्न ओपीसी सिमेन्ट प्रयोग गर्नु राम्रो मानिन्छ । भित्ता तथा वालमा भने पीपीसी सिमेन्ट नै पर्याप्त हुने गर्दछ । तर ठूला पुल, ड्याम, ढलका पाइपहरु, धेरै प्रयोग हुने संरचना लगायत निर्माणमा भने पीएससी सिमेन्ट नै प्रयोग गर्नु उत्तम मानिन्छ ।

नेपालका भौतिक संरचना चाडै कमजोर बन्नु र अनुमान गरिएको समय अगावै भत्किनुमा कमजोर निर्माण सामग्री प्रयोगलाई लिइन्छ । सरकारी अधिकारी नै ठेकेदार मार्फत निर्माण हुने र निर्माण भएका संरचना कमजोर हुने बताउँछन् । तर नेपालको खरिद ऐन नै सो प्रकृतिको भएका कारण ठेकेदार बाहेकको विकल्प तत्काल खडा गर्न पनि नसकिने उनीहरुको बुझाई छ । 

निर्माण व्यवसायीले भने भौतिक संरचना कमजोर बन्नुमा ठेकेदारको मात्रै दोष देखाउने गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव टंक चौलागाईँ भौतिक संरचना कमजोर बन्नुमा प्रयोग हुने सबै प्रकारका समान उत्पादन गर्ने उद्योग र मजदुर समेत दोषी हुने बताउँछन् । 

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भने नेपालमा सिमेन्टको स्टक आवश्यक भन्दा बढी नहुने भन्दै उत्पादन भएको तीन महिनामा प्रयोग भईसक्ने दाबी गर्छन् । यद्यपी केही कम्पनीमा स्टोर बढी भएपनि गुणस्तर बाँकी हुँदै प्रयोग हुने भएकाले भौतिक संरचनाको कमजोर निर्माणमा सिमेन्टलाई दोष देखाउन नहुने उनको अडान छ । 

सिमेन्ट उत्पादन भएको मितिले तीन महिनाभित्रमा प्रयोग गरिसक्नुपर्ने वस्तु हो । नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता एवम् सहसचिव  दिपक ज्ञवाली नेपालमा गुणस्तर प्रमाण चिन्ह नलिई सिमेन्ट उत्पादन नै गर्न नपाईने भएकाले कम गुणस्तरको सिमेन्ट बजारमा हुने सम्भावना न्युन रहेको बताउँछन् । विभागले समय समयमा छड्के जाँच समेत गर्ने गरेको सुनाउँदै उनले अन्य उत्पादनमा जस्तो सिमेन्टमा गुणस्तरको स्तरमा प्रश्न उठाउनु पर्ने ठाउँ नरहेको दाबी गर्छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved