तरकारी र फलफुलमा तोकेभन्दा बढी विषादी प्रयोग गर्न नपाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 04:26:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा उत्पादन हुने फलफूल तथा तरकारीमा पहिलोपटक जिवनाशक विषादीको सीमा तोकिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दश प्रकारका फलफूल तथा तरकारीमा एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको हो ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले फलफूलमा स्याउ र केरा तरकारीमा करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा जीवनाशक विषादीको अधिकतम प्रयोग सीमा तोकिएको जानकारी दिए । 

राजपत्रमा प्रकाशनका लागि पठाइएको सूचनामा स्याउमा २७ प्रकारका विषादीको अधिकतम प्रयोग सीमा तोकिएको छ । केरामा ४२, करेलामा १, भण्टामा २१, बन्दामा ३६, काउलीमा १३, भिण्डीमा ३, आलुमा ७१, टमाटरमा ७३ तथा चियामा १९ प्रकारका विषादीको अधिकतम प्रयोग सीमा तोकिएको छ ।

विभागका अनुसार यसअघि पिउने पानी, पाउडर दुध र गेडागुडी जस्ता खाद्य वस्तुमा मात्रै एमआरएल तोकिएको थियो । यो नयाँ नियम भने भदौ १५ बाट लागू हुने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved