महाकालीमा नदीमा बहाब बढ्यो, गाडी नचल्दा हजारौ यात्रु अलपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 11:38:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहानको मापन अनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइकाले यात्रुहरु अलपत्र परेका छन् ।

पहाडी जिल्लामा वर्षा नरोकिए अझै नदीमा पानीको बहाव बढ्न सक्ने प्रहरीको भनाइ छ । त्यसैगरी लगातारको वर्षाका कारण भीमदत्तनगरपालिका–२, ४, ६ र १८ का केही घर डुबानमा परेको छ । बजार क्षेत्रमा पानीको निकास नहुँदा खहरे खोलाको पानी बस्तीमा पस्दा सब्जीमण्डी पुरै जलमग्न भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved