‘श्री ३ महाराज कुलमान घिसिङ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 01:01:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सांसदले ‘श्री ३ माहाराज’ भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले घिसिङसहित उर्जामन्त्री वर्षमान पुनलाई श्री ३ महाराजको संज्ञा दिँदै आलोचना गरेका हुन् । 

‘कर्णालीको एक जुम्ला अँध्यारो छ, ३८ सालमा बनेको २०० किलोवाट बिजुली बिग्रेर थन्केको छ’ महतले भने, ‘श्री ३ महाराज कुलमान घिसिङ र अर्का श्री ३ महाराज वर्षमान पुनको फोन पनि उठ्दैन, भेटघाट पनि हुँदैन ।’ 

‘उहाँहरु कुर्लिनु हुन्छ, इन्डियालाई बत्ती बेच्दै छु भन्छन्, महतले आक्रोशित हुँदै भने, ‘कृपया वत्ती जुम्लालाई बेचिदिनुस्, बिन्ति छ हामीलाई बेचिदिनुस् ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved