बुधबार मेघगर्जनसहित वर्षाको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 06:58:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार देशका केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको र बंगालको खाडी नजिकै बनेको न्यूनचापीय क्षेत्रको असरले बुधबार देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविदले जनाएको छ । 

मनसुनी न्यूनचापीय रेखा साविकको स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशैभर मनसुनी गतिविधि बढेको हो । अहिले मध्य र पूर्वका केही भूभागमा यसैको प्रभाव देखिएको महाशाखाका मौसमविदको भनाइ छ । 

मनसुनी न्यून चापीय रेखा भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीबाट नेपालतर्फ सरेको छ । 

बुधबार दिउँसो पूर्वी र मध्य भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रही देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । मध्य र पूर्वी नेपालका केही भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, बुधबार राति देशभर सामान्यतया बदली रहने पश्चिमका केही भूभागका मेघगर्जनसहित वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved