बिजपाटी सम्बाददाता     Aug 07, 2019 | 11:19:37 AM



सुबिसु ईन्टरनेटको कार्यालयमा आगलागी भएकाे छ 

। बुधबार दिउँसो बालुवाटारको गैरीधारा नजीक रहेको कम्पनीको कार्यालयमा आगलागी भएको हो।
आगो नियन्त्रणको प्रयास भईरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ। पेट्रोलियम भण्डारण गर्ने ट्याङ्क नजिक आगलागी भएकोले ठुलो क्षति भएको अनुमान गरिएको छ । 
आगलागीको कारण ईटालीयन मोड, भाटभटेनी र गैरीधाराबाट सवारी साधनलाई डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ  । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7