‘फिल्ड’मा नजाने ‘लियाजो अधिकृत’माथि पर्यटनमन्त्री भट्टराईको एक्सन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 12:06:41 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारी सेवा सुविधा बुझेर काममा नगएका ‘लियाजो अधिकृत’माथि कारबाही प्रक्रिया सुरु गरिएको बताएका छन् । मन्त्री भएपछि पहिलोपटक पत्रकारहरुसँग औपचारिक भेटघाटमा मन्त्री भट्टाईले लियाजो अधिकृतहरुको सबै विवरण मन्त्रालयमा पेश गर्न पर्यटन विभागलाई निर्देशन दिएको जानकारी दिए ।

विशेष गरि सगरमाथा आरोहणको सिजनमा खटिने यस्ता अधिकृतले फिल्डमा नगई आरोहणको प्रमाणपत्रका लागि सिफारिस दिने गरेको भन्दै समाचार आएको प्रति समर्थन जनाउँदै उनले अस्वस्थताकाको कारण काममा जान नसकेको रिपोर्ट पेश गर्न नसके कारबाहीको भागिदार हुने बताए । गलत प्रतिवेदन बुझाउनेलाई अर्को पटकदेखि लियाजो अधिकृत हुन नदिने गरि कारबाही गरिने चेतावनी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved