‘स्वदेशमै पाइलट उत्पादन गर्छौँ’ (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 01:41:49 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को परीक्षामा नेपालको उड्ययन क्षेत्र उत्कृष्ठ अंकका साथ उत्तीर्ण भएको दाबी गरेका छन् । मन्त्रालयमा बुधबार आयोजित पत्रकार भेटघाटमा मन्त्री भट्टराईले सामान्यतय ६० प्रतिशत अंक ल्याउँदा पनि हुनेमा नेपाल नागरिक उड्ययन प्राधिकरणले आइकाआको जाँचमा ६७.७ प्रतिशत अंक पाएको भन्दै प्रतिबन्द फुकुवा हुने विश्वास व्यक्त गरे । 

सँगै उनले युरोपियन युनियनको सुरक्षा संवेदनशीलताको सूचीमा रहेको नेपाल उड्ययन क्षेत्रले चाँडै मुक्ती पाउने बताए । इयुको टोली अध्ययनका लागि नेपाल आउने जानकारी दिँदै भट्टराईले अब नेपाली जहाज युरोपियन आकाशमा राष्ट्रिय झण्डासहित उड्ने दिन टाढा नरहेको दाबी गरे । 

फरक प्रसंगमा मन्त्री भट्टराईले पाइलट पढ्न विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न नेपालमै फ्लाइङ स्कुल (पाइलट उत्पादन गर्ने विद्यालय) सञ्चालन गरिने बताए । उाले आफ्नो यस्तो महत्वकांक्षी लक्ष्य सुनाउँदै यस्तो विद्यालय सञ्चालनका लागि सरकार र वायु सेवा प्रदायक कम्पनीले पनि लगानी गर्नुपर्ने बताए ।

हेर्नुहोस् भिडियोः 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved