नेकपाको पार्टी कार्यालय हटाउन काङ्ग्रेसको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 05:50:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले धुम्बाराहीस्थित सत्तारुढ नेकपाको पार्टी कार्यालय हटाउन माग गरेको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै काङ्ग्रेसले सरकारी जग्गामा रहेको सत्तारुढ दलको पार्टी कार्यालय तत्काल हटाउन माग गरेको हो ।

‘नेकपाको केन्द्रीय कार्यालय सरकारी जग्गामा रहेको समाचारले कांग्रेसलाई अचम्मिचत र दुःखीत तुल्याएको छ’, विहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालना गर्नुपर्छ ।’ उनले सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगिन सुझाव दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved