स्वयम्भूमा प्रहरीले गोली चलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 10:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले काठमाडौंको स्वयम्भूमा गोली चलाएको छ । टेलिफोनबाट रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द खड्कालाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामालाई पक्राउ गर्न गोली प्रहार गरेको हो । उनको घुँडामा दुई गोली लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् । तामाङलाई उपचारका लागि वीरको ट्रमा सेन्टर लगिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved