गाउँपालिका अध्यक्ष खड्काको आरोप ‘वडाध्यक्षले ज्यान मार्ने योजना बनाए’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 12:00:21 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको लिखु–तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द खडकाले गाउँपालिका भित्रकै वडाध्यक्षले आफूलाई ज्यान मार्ने योजना बनाएको आरोप लगाएका छन् । दुई करोड नदिए ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीले रामेछापकै लोप्साङ भन्ने मिलन तामाङलाई गोली हानेर पक्राउ गरेलगत्तै गाउँपालिका अध्यक्ष खडकाले आफ्नै गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष सुवास बोहोराले आफ्नो ज्यान मार्न खोजेको आरोप लगाए । 

‘मलाई मार्ने र मसँग चन्दा माग्ने मुख्य योजनाकार मेरै गाउँपालिका ७ का वडाध्यक्ष सुवास बोहोरा हुन, उनैले ज्यान मार्ने योजना बनाए,’ खडकाले भने ।

तर वडाध्यक्ष बोहोराले भने आफ्नो राजनितिक जीवन धमिल्याउन गाउँपालिकाका अध्यक्षले यस्तो आरोप लगाएको प्रतिक्रिया दिएका छन् । गाउँपालिका भित्र भएको आर्थिक अनियमितताको सम्बन्धमा आफूले प्रश्न गरेपछि वडाध्यक्षले नियतबस यस्तो आरोप लगाएको बोहोराको प्रतिक्रिया छ । 

‘जिल्ला प्रशासन कार्यालय रामेछापमा भएको पत्रकार सम्मेलनमा आफुले गाउपालिकामा भएको भ्रष्टचारको बारेमा व्यापक कुरा उठाएको कारण अध्यक्षले त्यो कुराको ढाकछोप गर्न आफु माथि जघन्य अपराधको आरोप लगाएको हुन्’ वडाध्यक्ष बोहोराले भने ।

खडकासँग २ करोड माग्ने मिलन र अमृत तामाङलाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved