शीर्ष नेतालाई मन्त्री भट्टराईको प्रश्न, ‘कति पर्यटक भित्र्याउन सक्नुहुन्छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2019 | 04:50:56 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरक उड्ययनमन्त्री योगेश भट्टराईले नेकपा बरिष्ठ नेता माधव नेपाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेपाली काङ्ग्रेसका नेता विजय गच्छदारलाई नाम नै तोकेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विभिन्न देशसँगको सम्बन्धमा संयोजकको भूमिकामा रहेका करिब ३० नेताको विषयमा चर्चा गर्दै उनले जुन देशका लागि प्रतिनिधित्व गरेका नेता छन् ती नेताले भ्रमण वर्षमा सम्बन्धित देशबाट पर्यटक भित्र्याउन के योगदान गर्न सक्छन् भन्ने विषयमा छलफल गरिने बताए । 

माधब कुमार नेपाल फ्रान्स, सुवासचन्द्र नेम्वाङ चीन र विजय कुमार गच्छदार भारतको संयोजक छन् । मन्त्री भट्टराईले यी नेताको नाम नै लिएर ‘भ्रमण वर्ष सफल पार्न तपाईहरुको योगदान के रहन्छ ?’ भन्दै प्रश्न गरे । पर्यटन सम्वद्ध संघसंस्थाको सुझाव संकलनका लागि राजधानीमा आयोजित भेलामा उनले ‘तपाईहरुले कति पर्यटक भित्र्याउन सक्नुहुन्छ ?’ भनेर प्रश्न तेस्र्याए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved