पर्यटन व्यवसायीलाई टुँडिखेलमा राखेर कसम खुवाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2019 | 06:48:33 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन व्यवसायीसँग सुझाव माग गरेका छन् । २० लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित घोषित कार्यक्रमका सम्बन्धमा मन्त्री भट्टराईले ती दिन भित्र बुँदागत सुझाव दिन आग्रह गरेका हुन् । 

पर्यटन वर्ष २०११ कै सिको गर्दै मन्त्री भट्टराईले २० हजार पर्यटन व्यवसायीलाई टुँडिखेलमा राखेर कसम खुवाउने समेत बताए । सन् २०११ मा आयोजित पर्यटन वर्षमा पनि सबै राजनीतिक दलका शीर्ष नेतालाई टुँडिखेलमा राखेर पर्यटनका लागि सँगसँगै भन्ने नारासहित बन्द हड्ताल नगराउने कसम खुवाईएको थियो । 

त्यसैको नक्कल गर्दै मन्त्री भट्टराईले प्रधानमन्त्रीको उपस्थितीमा टुँडिखेलमा भेला गराएर २०२० को प्रारम्भमा कसम खुवाउने बताएका हुन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved