कुर्सि काण्ड पछि 'हत्या आरोप' ले तात्तियो लिखु गाउँपालिका, छानबिनको लागि पार्टी गुहारे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2019 | 07:15:14 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले गाउँपालिका भित्रकै वडाध्यक्ष सुभास बोहोराले आफ्नो ज्यान मार्न मान्छे खटाएको आरोप लगाएपछि वडाध्यक्षले त्यसको निन्दा गरेका छन् । गाउँपालिका अध्यक्ष खड्काले आफ्नो चरित्रहत्या गरेको वडा नम्बर ७ का वडाअध्यक्ष शुभास बोहराले बताएका छन् । 

आफूले गरेका गलत हर्कत लुकाउन आफ्नो चरित्रहत्याको प्रयास भएको वडाध्यक्ष बोहोराको प्रतिक्रिया छ । बोहोराले एक विज्ञप्ति जारी गर्दै ‘वडा अध्यक्षले नै बनाए गाउँपालिका अध्यक्षको हत्या योजना’ शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । गाउँपालिका अध्यक्ष खड्कासँग कुरा गरी बिजपाटीले पनि उक्त समाचार प्रकाशित गरेको थियो ।

गाउँपालिका भित्रको वडा नम्बर १ दुरागाउँको विद्युतिकरणमा विनियोजित बजेटको सम्बन्धमा कार्यपालिका सदस्यहरुले कुरा उठाएपछि गाउँपालिका अध्यक्षले केही समयअघि वडाध्यक्ष बोहोरासहित कर्मचारीमाथि कुर्सी प्रहार गरेका थिए । 

शुक्रबार राजधानीबाट प्रहरीले गोली हानी पक्राउ गरेका व्यक्ति उक्त गाउँपालिकाका अध्यक्षसँग टेलिफोनमार्फत २ करोड चन्दा माग गर्ने व्यक्ति भएको खुल्नासाथ अध्यक्ष खड्काले ती व्यक्ति वडाध्यक्ष बोहोराले परिचलान गरेको आरोप लगाएका थिए । तर वडाध्यक्ष बोहोराले भने कल्पना समेत गर्न नसकिने निकृष्ट र घिनलाग्दो आरोप लगाएको भन्दै पुष्टि गनै चुनौती समेत दिए । 

खड्का र बोहोरा दुवैजना तत्कालिन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्ष बोहोराले पार्टीसँग पनि उक्त आरोपको छानबिन गर्न माग गरेका छन् । उनी आवद्ध नेकपा अहिले सत्ताको नेतृत्वमा छ । 

नेकपा रामेछापका नेताहरुले पनि बोहराले यस्तो हर्कत गर्न नसक्ने भन्दै गाउँपालिका अध्यक्षले विवादीत बनाएको बताएको छ । बोहरामाथि गाउँपालिका अध्यक्षले कल्पित र झुठा आरोप लगाएको नेकपा रामेछापको ठहर छ ।

वडाध्यक्ष बोहोराले जारी गरेको विज्ञप्तिः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved