करणी मुद्दामा फरार अभियुक्त पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2019 | 10:08:05 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवन प्रहरीले जवरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । गत, साउन १५ गते राती १० बजेको समयमा भरतपुर महानगरपालिका २५ घर भएकी एक महिलालाई जवरजस्ती करणी गरेको कसुरमा प्रहरीले खैरहनी नगरपालिका ९ बस्ने सन्देश चौधरीलाई बिहीबार पक्राउ गरेको हो । 

पक्राउ परेका चौधरीलाई बिहीबार देखी नै लागू हुने गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ अन्तर्गत जवरजस्ती करणी कसुरमा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थपी अनुसन्धानको काम भईरहेको चितवन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले जानकारी दिए । 

यस्तै, सोही आरोपमा फरार रहेका अर्का एक जनालाई समेत चितवन प्रहरीले फरार सुचीमा राखी खोजी गरिरहेको छ । राप्ती नगरपालिका ४ भण्डारा बस्ने रक्तिम किरण गोले फरार रहेकोे प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved