त्रिशुली बस दुर्घटना अपडेटः ९ जनाको शव भेटियो, २१ जना अझै वेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2019 | 11:54:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस धादिङस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएकामध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । दुर्घटनमा परि अझै २० भन्दा बढी यात्रु नदीमा बेपत्ता छन् । बसमा ४५ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । यसका आधारमा अझै २१ यात्रु हराइरहेकाले खोजी भइरहेको छ  । मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको छ । 

मृतकमध्ये भारतीय नागरिक अजय दास, विजय कुर्मी, बसका कन्डक्टर ऋषि उप्रेती, सर्लाहीको मलंगवा १ का ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीया निमाको पहिचान भएको छ । 

सर्लाही सदरमुकाम मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट शुक्रबार बिहान सवा ३ बजेतिर त्रिशूली नदीमा खसेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved