बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Aug 11, 2019 | 12:52:52 PM



संसदको सार्वजनिक लेखा समितिले चिनिया लगानीको ह्वाजिङ सिमेन्टलाई जग्गा भाडामा दिन धादिङको बेनिघाटरोराङ गाउँपालिकाले गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले नेकपा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले गत साता बुझाएको प्रतिवेदनको आधारमा यस्तो निर्देशन दिएको हो । 

गाउँपालिकाले ५० वर्षका लागि उद्योगलाई सार्वजनिक जग्गा भाडामा दिने सम्झौता गरेको थियो । 

उपसमितिले लगानी बोर्ड ऐन २०६८ को दफा १० को उपदफा ९ तथा लगानी बोर्ड नियमावलीको नियम १९ को उपनियम ४ बमोजिम सिमेन्ट उद्योगमा लगानी गर्न अनुमति प्राप्त गर्दा र उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गर्दा राखिएका सर्तहरु पालना नगरेको भन्दै सम्झौता रद्द गर्न सिफारिस गरेको थियो । १४ अर्ब ४० करोड चीनीयाँ लगानीमा उद्योग निमार्ण भइरहेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7