लिखु तामाकोशी विवादः नेकपा भन्छ,‘पालिका अध्यक्ष मुख्य दोषी, वडाध्यक्ष निर्दोष’

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 12, 2019 | 08:36:58 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा चर्किएको विवादमा पालिका अध्यक्ष नै मुख्य दोषी रहेको सत्तारुढ नेकपाले निष्कर्ष निकालेको छ । गत शुक्रबार काठमाडौँको स्वयम्भूबाट उक्त गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई टेलिफोन गरि चन्दा माग्ने र नदिए ज्यान मार्ने धम्की दिएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । सोही घटनापछि पालिका अध्यक्ष खड्काले फोन गर्न लगाएर ज्यान मार्ने धम्की दिनेको नाईके आफ्नै पालिकाअन्तर्गतको वडा नम्बर ७ का वडाध्यक्ष सुभास बोहोरा रहेको आरोप लगाएका थिए । 

वडाध्यक्ष बोहोराले आफूले कल्पना समेत गर्न नसक्ने आरोप खेप्नु परेको भन्दै पार्टीसँग यथार्थ बाहिर ल्याउन माग गरेका थिए । लगत्तै बसेको नेकपाको लिखुतामाकोशी गाउँपालिका कमिटीको बैठकले बोहराको कुनै पनि संलग्नता नरहेको निष्कर्ष निकाल्दै घटनामा नेकपाका जिल्ला सदस्य समेत रहेका पालिकाका अध्यक्ष खड्का स्वयम् दोषी रहेको भन्दै उनीमाथी कारबाहीको लागि नेकपा जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय समेत पालिका कमिटीले गरेको छ ।

पालिका अध्यक्षले ऐन, कनून, विधि र प्रक्रिया मिचेर गरेको काममा वडाध्यक्ष सहितका निर्वाचित जनप्रतिनिधिले जवाफ माग गर्दा हातपात गर्ने गरेको विषयमा समेत नेकपा रामेछापमा बहस जारी छ । पार्टीको सुझाव तथा निर्देशन समेत बेवास्त गरेको भन्दै ७ दिन भित्र बैठक राखी आवश्यक कारबाही गर्न माग गरिएको नेकपा लिुखु तामाकोशी गाउँपालिकाले जनाएको छ । नेकपा जिल्ला कमिटिलाई अनुरोध गरिएको निर्णयको बोधार्थ नेकपा प्रदेश नं ३ मा समेत पठाईएको छ । 

गाउँपालिका अध्यक्ष खड्का र वडाध्यक्ष बोहोरा दुवै जना स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved