लघुवित्तलाई नाफामूलक व्यवसाय ठान्दा विचलन बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 11:51:24 AM मा प्रकाशित

laxmi  sunrise bank

‘लघुवित्त क्षेत्रका चुनौती र अबको कार्यदिशा’ विषयक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।स्वावलम्बन विकास केन्द्रको आयोजनामा सम्पन्न सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको बुझाई, गराई, भोगाई र सोचाईका विषयमा सामूहिक छलफल भएको थियो ।

गोष्ठीमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तलाई गतिशील राख्न यसको मूलमर्म सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिए । लघुवित्त क्षेत्रमा हाल देखा परेका विकृति र विचलनका कारण यस क्षेत्रको प्रतिष्ठामा नै आँच आउने संकेत देखिएको उनको आशंका छ ।

गोष्ठीमा लघुवित्तलाई सामाजिक व्यवसायको रुपमा नभई नाफामूलक व्यवसायका रुपमा हेर्दा विचलन देखापरेको र यस्ता विचलनले निम्न आय भएका वर्गमा पुग्ने वित्तीय पहुँच खलबलिने सम्बन्धमा पनि प्रश्न उठेका छन् । 

गोष्ठीमा ३९ वटा लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका अध्यक्ष, संचालक तथा प्रमुखकार्यकारी अधिकृतहरुको सहभागीता थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved