मन्त्री पुनले भने, ‘प्राधिकरणलाई पब्लिक कम्पनी बनाउने गरि ऐन निर्माण हुँदैछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 11:42:48 AM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा, जलस्रोत तथा सिँचाईँमन्त्री वर्षमान पुनले नेपाल विधुत प्राधिकरण ऐन निर्माण भईरहेको बताएका छन् । उक्त ऐन पारित पश्चात प्राधिकरणको संरचना नै परिवर्तन हुने मन्त्री पुनले जानकारी दिए । 

प्राधिकरणको ऐनमा प्राधिकरणलाई पब्लिक कम्पनीको रुपमा विकास गरिने उल्लेख रहेको स्मरण गर्दै मन्त्री पुनले अबको ऐन पनि सोही अनुसार बनाउन लागिएको बताए । पब्लिक कम्पनीमा नजाउज्जेल नेपाल सरकारको पूर्ण स्वामित्व रहेका कारण सञ्चालनमा पनि सरकारकै भूमिका रहेको तर पब्लिक कम्पिनीको रूपमा गएपछि त्यही अनुसार विज्ञ तथा लगानीकर्ताले सञ्चालन गर्ने गरि ऐन बनाउन लागिएको उनको भनाई छ ।

अहिलेको अन्तरिम ब्यवस्था अनुसार अन्तरिम सरकारको मन्त्रि, राज्यमन्त्रि, सचिव अथवा नेपाल सरकारको उच्च पदस्थ अधिकारी रहने ब्यवस्था छ तर साधारण शेयर जारी भएपछि संस्थाको साधारणसभाले संचालक चयन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved