कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 05:08:48 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ । अदालतले मन्त्री खत्रीसहित राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो । 

उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश जारी गरेको हो । मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेका अदालतले ठहर गरेको छ । पाँचै जनाविरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइएको थियो । अदालतले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनेको छ । 

अभियुक्तहरू छबिलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको थियो । उपस्थित भएका तीनैजनालाई बैंकिङ कसुर अन्तरगत अदालतले ६ लाख बराबरको धरौटी मागेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved