ट्राफिकको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 09:16:20 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाको भ्यानले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । महाशाखाबाट मंगलबार राति ११ बजे ड्युटिमा निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो ।

कोटेश्वर चोक नजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर चिकित्सकले बुधबार बिहान ९ बजे उनको मृत्यु भएको घोषणा गरे । मृतकबाट स्पष्ट परिचय खुल्ने कुनै कागजात भेटिएको छैन । 

गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved