फाइनान्सियल रिक्स म्यानेजमेन्ट कन्फरेन्सको गभर्नर नेपालद्धारा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 09:50:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक फाइनान्स एण्ड इन्स्योरेन्स इन्चिच्युट अफ नेपालले प्रथम वाषिर्कोत्सवको अवसरमा आयोजना गरेको फाइनान्सियल रिक्स म्यानेजमेन्ट कन्फरेन्सको नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरेका छन् । सन् २००८ मा वित्तीय क्षेत्रमा संकट आएपिछ विश्वमा रिक्स म्याजमेन्टको आधुनिक प्रणाली विकास भएको थियो । नेपालमा पनि राष्ट्र बैकले २०१८ डिसेम्बर मा नै उक्त प्रणाली लागू गरिसकेको छ । 

उच्च जोखिम रहेका वित्तीय क्षेत्रमा रिक्स म्यानमेन्ट अझ अत्यावश्य हुने विज्ञहरु बताउँछन् । कार्यक्रममा भारतको एक्जिम बैकका बैंकका सहायक महाप्रवन्धक दीपक भाटिया, सेन्ट्रल बैंक अफ इण्डियाका पूर्व अध्यक्ष एस श्रीधर पनि सहभागी छन् । 

कार्यक्रममा जोखिम व्यवस्थापनको नियामक र निरीक्षणात्मक दृष्टिकोण, ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरु तथा यान्त्रिक परिवर्तन र वित्तीय एवम् वीमा क्षेत्रमा देखापर्ने जोखिमहरुको विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल हुनेछ ।

जोखिम व्यवस्थापनको नियामक र निरीक्षणात्मक दृष्टिकोणबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र तथा बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी, ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरुबारे सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस श्रीधर तथा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै यान्त्रिक परिवर्तन र वित्तीय एवम् बीमा क्षेत्रमा देखा पर्ने जोखिमहरुबारे भारतको एक्जिम बैंकका सहायक महाप्रवन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved