हत्याको आरोप प्रमाणित भए रवी लामिछानेलाई के हुन्छ कारबाही ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 07:41:01 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नयाँ मोड लिएको छ ।  मृतक पुडासैनीको मोबाइलमा रेकर्ड भएको भिडियो बुधबार सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको हो । 

भिडियोमा पुडासैनीले आफ्ना दुईजना पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको बताएका छन्। उनले न्युज २४ को कार्यक्रम 'सिधा कुरा जनतासँग' का प्रस्तोता रवि लामिछाने, उक्त टेलभिजनमै कार्यरत पत्रकार युवराज कँडेल र अस्मिता कार्की नामकी एक युवतीका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको दाबी गरेका छन्। भिडियोको अन्त्यमा उनले रवी नै आफ्नो हत्यारा भएको भन्दै मिल्ने भए फाँसी दिन समेत आग्रह गरेका छन । 

भिडियो सार्वजनिक भए लगत्तै रवी लामिछानेले सामाजिक संजाल मार्फत आफु माथि लागेको आरोपको खण्डन गरिसकेका छन् । उनले लेखेका छन् 'आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।'

त्यस्ता अर्का आरोपित युवराज कंडेलले पनि सामाजिक संजाल मार्फत नै यस विषयमा बोलेका छन्। उनले भनेका छन् ' मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालीकसँग जोडीदिएको छु,अनि अष्ट्रेलिया पठाइदिने लगाएतका यि यावत आरोपहरुमा एउटा पनि गल्ती म बाट भएको रहेछ भने यो देशमा कानुन छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु । सबैकुरा छानबिन होस ।हामीले कुनै अपराध गरेका छैनाँै ।'

अर्का आरोपित दिपक बोहराले पनि संलग्नता देखिए सजाय भोग्ने बताएका छन् । उनले भनेका छन् ' शालिकको भिडियो मैले पनि हेरे, नविराउनु, नडराउनु, प्रहरीले अनुसन्धान गरिरहेको छ भनेको छ, प्रमाण हेर्ने र अनुसन्धान गर्ने जिम्मा प्रहरीकै हो । हाम्रो संलग्नता देखियो भने तोकिएको भन्दा बढी सजाय भोग्न तयार छु ।' उनले शालिकले आफ्नी बहिनी र प्रेमिका लाई पठाएका केही म्यासेजहरुको स्क्रिन सट पनि पोस्ट गरेका छन् ।

 रवी लामिछाने र अन्य २ जना माथि लागेको आरोप प्रमाणित भए के कारवाही हुन्छ भन्ने विषय पनि चर्चामा रहेको देखिन्छ । यस प्रकरणमा मुलुकी अपराघ(संहिता)ऐन,२०७४ मा रहेको ज्यान सम्बन्धि कसुर आकर्षित हुने कानुनविद बताउछन् । ऐनको भाग-२ मा फाैजदारी कसुरहरु अन्तर्गत परिच्छेद-१२ मा ज्यान सम्बन्धि कसुरको ब्यबस्था रहेको छ । त्यसको धारा १८५ मा  आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख गरिएको छ । 

उक्त दफाको उपदफा १ मा 'कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । ' भन्ने उल्लेख गरिएको छ भने सोहिको दोस्रो उपदफामा त्यसो  कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख गरिएको छ ।

यो पनि : 

पत्रकार पुडासैनीले मर्दामर्दै रबी लामिछानेको पोल खोलेपछि..............


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved