पुडासैनी आत्महत्या प्रकरणः एक युवती पक्राउ, रबीमाथि प्रहरीको निगरानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 02:51:09 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले आरोपितलाई पक्राउ गर्न सुरु गरेको छ । प्रहरीले आज ओखलढुंगाकी रुकु भनिने युवती अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।  

नर्ससमेत रहेकी उनलाई चितवन प्रहरीको टोलीले काठमाडौंबाट पक्राउ गरेर चितवन नै लगेको छ । उनलाई पक्राउ गरेसँगै प्रहरीले न्युज २४ का रबी लामिछाने र युवराज कँडेलमाथि पनि निगरानी बढाएको छ । स्रोतका अनुसार आज पक्राउ परेकी अस्मितालाई रबीकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए । तर प्रहरीले समात्न सफल भएको छ । 

चितवनका प्ररही प्रमुख एसपी दान मल्लले पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धान सुरु भएकाले रबी र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन् । ‘अनुसन्धान सुरु भईसकेको छ, पुडासैनीले भिडियोमा नाम लिएका तीनैजना पक्राउ पर्छन्, यसमा कुनै सन्देह छैन’ मल्ले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved