११ बुदें घोषण पत्र जारी गदैं उद्यमशीलता सम्मेलन सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 04:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनु पर्ने निकर्षसहित दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ । ४३ जिल्लाका ५०० युवाप्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुदें घोषण पत्रजारी गरिएको छ ।

उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिना धितो लोन र ब्याज अनुदानको झन्झटीलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्ने सम्मेलनको निष्कर्ष छ ।

सम्मेलनमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेँल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, संकर प्रसाद कोइराला, प्रदेश ३ का उधोग मन्त्री अरुण नेपाल, पुर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, बरिष्ठ उद्यमी हरीभक्त सर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण के.सी, दिलिप अग्रवाल, बैंकर किरण कुमार श्रेष्ठ, अनिल केशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेत लगायतले आफनो प्रस्तुति दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved