रवी लामिछाने पक्राउ परेपछि 'सिधाकुरा जनतासँग' कार्यक्रममा जे देखियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2019 | 07:07:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार रवी लामिछाने पक्राउ परेका छन् । बिहिबार बेलुका प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । लामिछाने संगै न्युज २४ का युवराज कँडेल पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

रवी पक्राउ परेपछि आजको लागि तय भएको सिधा कुरा जनतासँग कार्यक्रम प्रभावित भएको छ । प्रस्तोता नै पक्राउ परेपछि कार्यक्रम प्रभावित भएको हो । टिभीले कार्यक्रम आउने समयमा खाली कुर्सि सहितको सेट मात्र देखाएको छ । कार्यक्रममा खाली कुर्सि सहितको सेट देखाईएको छ भने कार्यक्रमको धुन बजिरहेको छ । तल्लो पटि फ्ल्यास न्युज भन्दै रवी लामिछाने पक्राउ परेको र रवीले अनुसन्धानमा  सघाउने प्रतिबद्धता जनाएको उल्लेख छ । त्यस्तै रवीको पछिल्लो ट्वीट समेत देखाईएको छ 



केहि समय खाली कुर्सि सहितको सेट देखाएपछि अहिले भने अर्को कार्यक्रम प्रसारण भईरहेको छ 

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनीहरु पक्राउ परेका हुन्। उनीहरुलाई पक्राउ गरेपछि चितवन प्रहरीले प्रेस नोट यसको औपचारी जानकारी दिएको छ । प्रेस नोटमा उक्त घटनाको सिलसिलामा अनुसन्धान गर्नको लागि रवी लामिछाने, युवराज कडेल र रुकु भन्ने अश्मिता कार्कीलाई पक्राउ गरिएको उल्लेख छ । 

पुडासैनीको साथबाट फेला परेको भिडियोमा उनले रवी सहित यी ३ जनाले आफुलाई आत्महत्या गर्न बाध्य पारेको र रवी नै आफ्नो हत्यारा भएको बताएका थिए । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved